पत्रकार महासङ्घ बागलुङमा सर्वसम्मत नेतृत्व

File photo
File photo

नेपाल पत्रकार महासङ्घ बागलुङको आगामी कार्यकालका लागि सर्वसम्मत नेतृत्व चयन भएको छ। 

जिल्लामा क्रियाशील पाँच पेशागत सङ्गठनका बीचमा सहमतिपश्चात् जिल्ला शाखाले सर्वसम्मत नेतृत्व पाएको हो।

दुबै समूहका प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल र प्रगतिशील पत्रकार सङ्घको संयुक्त वार्ताले चारबुँदे सहमति गरेर सर्वसम्मत नेतृत्व चयन गर्ने निर्णय गरेको हो। सङ्घ, सङ्गठनको वार्ताले पूर्वसहमतिअनुसार अध्यक्षमा प्रेस युनियनलाई दिने निर्णय गरेको प्रेस युनियनका अध्यक्ष प्रदीप पन्तले बताए। 

शाखाको अध्यक्षमा नरेश कँडेल, उपाध्यक्षमा नवीन शिशिर, महिला उपाध्यक्षमा जीवनकला खत्री, सचिवमा विजय राना, सहसचिवमा तारानाथ आचार्य, समावेशी सहसचिवमा सिर्जना पन्त र कोषाध्यक्षमा सुवास गौतम चयन भएका छन्। रासस 

प्रकाशित मिति: : 2021-04-06 20:24:00

प्रतिकृया दिनुहोस्