बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई यतिबेला चलचित्रमा भ्याई नभ्याई छ।
उनले लगातार पाँच वटामा चलचित्रमा काम गर्न लागेको समाचार यसअघि पनि आईसकेको छ।
यसैबीच उनले अब पाँच वटा मात्रै हैन, अन्य चलचित्रको लागिपनि साइन् गरेकी छन्। बलिउडका प्रसिद्ध निर्माता भूषण कुमारले निर्माण गर्न लागेका चलचित्र 'दीया'को लागि ज्याकलिनले साइन् गरेकी हुन्।
चलचित्रको छायांकन आगामी जूनदेखि लन्डनमा हुने बताईएको छ। कोरोना भाइरसको बढ्दै गएमा भने मिती परिवर्तन गर्न सकिने चलचित्र निर्माण समूहले जनाएको छ।
केही साताअघि मात्र ज्याकलिनले 'घोस्ट पुलिस'काे छायांकन सकाएकी थिइन्।
उनी हाल चलचित्र 'राम सेतु'को छायांकनमा व्यस्त छिन्। तर, चलचित्रमा मुख्य भूमिका निर्वाह गरिरहेका अभिनेता अक्षय कुमारलाई कोरोना पोजिटिभ देखिपछि छायांकनको काम केही दिनको लागि स्थगित गरिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।