एमाले–माओवादी ब्युँतिदा प्रदेशमा काँग्रेसलाई झड्का !

रातोपाटी

काठमाडौँ

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद बढेपछि कतिपय प्रदेशमा नेपाली काँग्रेस निर्णायक बनेको थियो।

फागुन २३ पछि एमाले र माओवादी कानूनीरुपमै चोइटिएपछि भने काँग्रेस एकाएक ‘कर्नर’ मा धकेलिएको छ।

नेकपा चोइटिएर एमाले र माओवादी बनेपछि दुईवटा प्रदेशमा नेपाली काँग्रेस सत्ताको खेलबाटै बाहिरिएको छ भने तीनवटा प्रदेशमा उसको प्रतिपक्षी भूमिका खोसिएको छ। काँग्रेसको हातबाट प्रदेश सरकार निर्माणको चाबी मात्रै होइन, केही प्रदेशमा विपक्षी हैसियत पनि गुमेको छ।

प्रकाशित मिति: : 2021-04-07 21:30:00

प्रतिकृया दिनुहोस्