‘साउथ इन्डियन’ फिल्ममा सर्वाधिक रकम लिने नायिका उर्वशी रौतेला (तस्वीरसहित)

Photo : Urbashi Facebook
Photo : Urbashi Facebook

बलिउड अभिनेत्री उर्वशी रौतेला दक्षिण भारतको फिल्ममा सबैभन्दा महंगो अभिनेत्री बन्दैछिन्।

उनी तमिल फिल्ममा डेब्यु गर्दैछिन्। उनले आफ्नो पहिलो तमिल फिल्मका लागि १० करोड पारिश्रमिक लिएको विभिन्न भारतीय च्यानलहरूले बताएका छन्। 

उनी दक्षिण भारतको फिल्ममा पहिलो अभिनेत्री हुन्, जसले १० करोडको पारिश्रमिक लिदैछिन्। उनीभन्दा अघि ‘बाहुबली’ फिल्मकी अभिनेत्री अनुस्का शेट्टीले ५ करोड रुपैयाँ लिदै आइरहेकी थिइन।

अर्की अभिनेत्री नयनतारा, तमन्ना भाटियाले २ करोडको हाराहारीमा पैसा लिने गरेको बताइएको छ। 

कमल हसनकी छोरी श्रृति हसनले अढाई करोड, काजल अग्रवालले ३ करोड, सामन्था अक्किनेनीले २ करोड लिने गरेकी छिन्।


अभिनेत्री बन्नुभन्दा पहिले बेली डान्सर थिइन् निधी अग्रवाल

दर्शकले चिन्न नसकेका रिमी 

सारालाई दर्शकको प्रश्न- 'ब्लाउज कसरी अडियो?' 


 

प्रकाशित मिति: : 2021-04-18 10:09:00

प्रतिकृया दिनुहोस्