एमाले जोड्ने रसायन

नेपालका राजनीतिक पार्टी जन्मिदा नै सायद टुटफुटको जिन लिएर जन्मिन्छन्।

यो देशका कम्युनिस्ट पार्टी मात्र नभएर नेपाली कांग्रेस, पञ्च पृष्ठभूमिका पार्टी राप्रपा, जातीय र क्षेत्रीय नाराबाट उठेका मधेसवादी र अन्य दल पटकपटक टुटफुट र जुट हुँदै हुर्किएका छन्।

एकता र विभक्तता नेपाली दलहरूको नियमित प्रक्रिया नै बनेको छ। नेपालका कम्युनिस्ट पार्टीको  जुट्ने र फुट्ने अनि फेरि जुट्ने क्रम र उपक्रमको इतिहास लामो छ। मानौ, जुटफुट र पुनः जुट कम्युनिस्टको संरचनागत धर्म नै हो। 

२००६  वैशाख १० गते भारतको कलकत्तास्थित श्यामबजारमा नेपाल कम्युनिस्ट पार्टी पहिलो पटक  औपचारिक गठन गरिएको थियो। पाँचजना संस्थापक सदस्यबाट स्थापना गरिएको कम्युनिस्ट पार्टी समयक्रममा झागिँदै गयो र अहिले सात दसक पार गरिसकेको छ।

स्थापना भएको चार वर्षबाट विभाजनको ‌ऐजेरु पलाएको यो पार्टी ७० वर्षका अवधिमा दर्जनौं पटक एकता, विभाजन र  फेरि एकताको क्रम उपक्रमबाट गुज्रिएको छ।  

प्रकाशित मिति: : 2021-04-08 09:24:00

प्रतिकृया दिनुहोस्