विद्युत्मा कोभिडको धक्का

राष्ट्रिय प्रसारणमा हरेक वर्ष १ हजार मेगावाट विद्युत् थप गर्ने सरकारको लक्ष्यमा कोभिड १९ ले धक्का दिएको छ।

सरकारको ४५६ र निजी प्रवर्द्धकका ५०० गरी १ हजार मेगावाट थप गर्ने लक्ष्य थियो। तर, यो आर्थिक वर्ष जलविद्युत् आयोजनाबाट ६४३ मेगावाट मात्रै थपिने देखिएको छ।

चालु वर्षको नौ महिनामा निजी प्रवर्द्धकहरूको ३७ मेगावाट विद्युत् मात्र राष्ट्रिय प्रसारणमा जोडिएको छ। निजी प्रवर्द्धकबाटै असारसम्ममा थप १५० मेगावाट थपिने अनुमान छ। सरकारी स्वामित्वको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीबाट वैशाखभित्र पहिलो युनिटको ७६ मेगावाट जोडिने अहिलेको प्रक्षेपण छ। 

प्रकाशित मिति: : 2021-04-09 07:23:00

प्रतिकृया दिनुहोस्