मेयर कप क्रिकेटको उपाधी एपीएफलाई 

एपीएफले पहिलो संस्करणको ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेटको उपाधी जितेको छ।

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो। सुदूरपश्चिमले दिएको १ सय ७ रनको लक्ष्य १६.१ ओभरमा मात्र २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो। 

एपीएफको जितमा सिता रानामगरले २७ रनको योगदान गरिन्। उनले ३२ बलमा ४ चौका प्रहार गरिन्। ज्योति पाण्डेले ३६ रनको योग्दान दिइन्। उनले ३८ बलमा ५ चौका प्रहार गरिन्। 

त्यस्तै, इन्दु बर्माले १९ र ममता चौधरीले १५ रनमा अविजित रहे। यसअघि, सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट बनाएको थियो। सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ४४ रन बनाईन्। 

त्यस्तै, कविता कुँवरले २४ रन जोड्दा रेवती धामी र डोली भट्टले १०–१० रन बनाए। एपीएफका लागि रेखा रावल, करुना भण्डारी, सुष्मा श्रेष्ठ, सिता रानामगर र विनु बुढाले समान एक एक विकेट लिए।

विजेता एपीएफले ३ लाख नगद प्राप्त गर्यो। उपविजेताले १ लाख ५० हजारमा  चित्त बुझायो।

प्रकाशित मिति: : 2021-04-10 15:18:00

प्रतिकृया दिनुहोस्