सहरलाई गाउँसँग जोड्ने काम भइरहेको छ

बढ्दो बसाइँसराइ र अव्यवस्थित बस्ती रोक्न सरकारले योजनाबद्ध रूपमा कामको थालनी गरेको छ। सहरी विकास मन्त्रालयले सहरलाई व्यवस्थित बनाउन एकीकृत सहरी कार्यक्रम र बसाइँसराइ रोक्न देशका विभिन्न ठाउँमा नयाँ सहर निर्माण कार्य अगाडि बढाएको छ। सहरसँगै गाउँलाई पनि विकास गर्नुपर्छ भन्ने अवधारणासहित काम भइरहेको बताउँछन् सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह। सहरी योजनामा विद्यावारिधि गरेका सचिव सिंहसँग मन्त्रालयका कामकारबाही र आगामी योजनाबारेमा अन्नपूर्णकर्मी सुरेन्द्र काफ्लेले गरेको कुराकानीको सम्पादित अंश :

सहरी विकास मन्त्रालयले के गर्दैछ ?
यो नयाँ मन्त्रालय हो। भौतिक योजना तथा निर्माण मन्त्रालयबाट टुक्रिएर २०६९ जेठ पाँच गते सहरी विकास र खानेपानी मन्त्रालय गठन भयो। पछि २०७२ पुस ९ गते  खानेपानी मन्त्रालय छुट्टै गठन भयो। सहरी मन्त्रालयको दीर्घकालीन सोच भनेको पूर्वाधार तथा सेवा सुविधायुक्त, व्यवस्थित, सफा र सुन्दर सहर तथा बस्ती निर्माण गर्ने हो। सरकार यही सोचअनुसार काम गरिरहेको छ। यो मन्त्रालयले तीनवटा क्षेत्रमा काम गर्छ– आबास, सहरी विकास र भवन निर्माण।

सहरी विकास मन्त्रालयले अरू केके गर्छ ?
हामीले ठूला सभा हल बनाउने काम गरिरहेका छौं। अन्तर्राष्ट्रिय सभासम्मेलन गर्ने ठूला र भव्य सभा हल बनाउने काम भइरहेको छ। सहरी क्षेत्रमा ठूला बसपार्क बनाउने काम भएका छन्। अहिलेसम्म ४३ वटा बसपार्क निर्माण भए। ३०/३५ वटा बसपार्क निर्माणाधीन छन्। २१ वटा नगरपालिकासँगै अन्य नगरपालिकामा सहरी पूर्वाधारको काम अघि बढिरहेको छ। त्यस्तै सहरी सडक निर्माण, भूमिगत तथा सतह नाला, बसपार्क मनोरञ्जन पार्क, एकीकृत सहरी विकास योजना तर्जुमा, काठमाडौं उपत्यकामा अत्याधुनिक नयाँ सहर निर्माण, बाहिरी चक्रपथ निर्माण र बन्चरेडाँडा ल्यान्डफिल निर्माण कार्यक्रम सरकारको पन्ध्रौं योजनाका लक्ष्य र प्रमुख कार्यक्रम हुन्।

प्रकाशित मिति: : 2021-04-12 11:20:00

प्रतिकृया दिनुहोस्