डिफेन्डर जम्न नसक्दा नेपाल प्रहरीको हार, एपीएफ सेमिफाइनलमा 

विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाडौं  विराटनगरको सहिद रंगशालामा जारी छैठौं विराट गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा साविक विजेता नेपाल प्रहरीलाई २–० गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो। 

जितसँगै एपीएफ वैशाख १ गते हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर–११ सँग प्रतिस्पर्धा गर्नेछ। विराटनगरले पहिलो र दोस्रो खेलमा भारत सिक्किमको युनाइटेड र पश्चिम बंगालको टिमलाई हराउँदै सेमफाइनलको यात्रा सुरक्षित गरेको छ।

नेपाल पुलिस क्लबले तेस्रो क्वाटरफाइनल खेलमा नै हार व्यहोरेपछि छैठो संस्करणको विराट गोल्डकपको उपाधि चुम्ने सपना चकनाचुर भएको छ। पुलिसले २०७४ सालमा विराट गोल्डकपको उपाधि हात पारेको थियो। 

दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा नेपाल प्रहरीपछि प¥यो। खेलको ४६ औं मिनेटमा एपीएफका मणि लामा र ९० औं मिनेटमा सुमन लामाले गोल गरि टिमको जित सुनिश्चित पारे। 

खेलको ४६ औं मिनेटमा एपीएफका मणिले पुलिसका खेलाडीले किलियर गरेको बललाई गोलमा परिणत गरि अग्रता दिलाएका थिए। 
पहिलो हाफ प्रहरीका लागि निकै संघर्षपूर्ण बन्यो।

प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा पहिलो हाफसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो। खेलको १९ औं मिनेटमा एपीएफका मनी लामाले डिबक्स बाहिरबाट गरेको प्रहार बाहिरिदा थप गोल गर्ने अवसर खेर गयो। 

खेलको ३९ औं मिनेटमा प्रहरीका सुमन लामाले पेनाल्टी एरियादेखि गरेको प्रहार पोस्ट माथिबाट बाहिरिदा बराबरी हुनबाट चुक्यो। 
दोस्रो हाफमा एपीएफले अग्रता लिएपछि प्रहरी थप आक्रामक बन्यो। प्रहरीले एक गोल खाएपछि दबावमा पर्दा दोस्रो हाफदेखि खेल निकै रोचक बन्न पुगेको थियो। दोस्रो हाफदेखि प्रहरीको एकपछि अर्को प्रहार एपीफका गोलरक्षक राजु नगरकोटीले विफल पारिदिए।

साविक विजेता प्रहरीले दोस्रो हाफदेखि पाएको आधा दर्जन बढी अवसर खेर फाल्दा प्रतियोगितादेखि बाहिरन बाध्य भयो। खेलको ७१ औं मिनेटमा प्रहरीका रवी पासवानले डिबक्स नजिकदेखि गरेको प्रहार एपीएफका गोल रक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरिदिए। खेलको ७८ औं मिनेटमा प्रहरीका अन्जन राईले डिबक्स एरियादेखि गरेको वानटच बल एपीएफका गोल रक्षक नगरकोटीले उत्कृकष्ट बचाउँदा खेल बराबरी हुनबाट चुक्यो। खेलको अन्त्यतिर ९० मिनेटमा एपीएफका सुमन लामाले डिबक्सदेखि बललाई एक्लै अगाडी बढाएर वान भर्सेस वानको प्रहार गोलमा परिणत भएको थियो। उनले गरेको गोल टिमेको जितको लागि सुनिश्चित बन्यो।

प्रहरीका गोल रक्षक रोशन खड्का मध्यभाग अगाडी बढ्दा सुमनले बललाई एक्दै अगाडी बढाएर गोल गरेका थिए। खेलको म्यान अफ द म्याच एपीएफका मणि लामा घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे। जितपछि प्रतिक्रिया दिदै सशस्त्र प्रहरीका प्रशिक्षक सुदिप श्रेष्ठले खेलाडीहरुको मिहिनेतको कारण विभागीय टिमलाई हराएको बताए। प्रहरीका प्रशिक्षक अन्नतराज थापाले डिफेन्डरको कारणले गर्दा हार भएको बताए। मंंगलबार खेल पोखरामा सम्पन्न १९ औं संस्करणको आहा रारा गोल्डकपको विजेता टिम संकटा र अफ्रिकन रुट्सबीच हुनेछ।

प्रकाशित मिति: : 2021-04-13 07:52:00

प्रतिकृया दिनुहोस्