नेशनल अवार्ड विजेता फिल्म ‘कोर्ट’ का अभिनेता वीरा सतिदरको निधन भएको छ।
उनी कोरोना संक्रमित थिए। मंगलबार नागपुरको एक अस्पतालमा उनको अन्तिम संस्कार गरियो। उनको निधनको पुष्टि ‘कोर्ट’ का निर्देशक चैतन्य तम्हाणेले गरे।
उनले भने, ‘साँचो कुरा हो। बिहान ३ बजे अस्पतालमा उहाँले अन्तिम स्वास फेर्नुभयो। उहाँ कोभिड-१९ बाट संक्रमित हुनुहुन्थ्यो र भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।’
सतिदरको फिल्म ‘कोर्ट’ लाई ओस्कारको मनोनयनका लागि पनि पठाइएको थियो। यसमा उनले प्रदर्शनकारी गायक नारायण काम्बलेको भूमिका निर्वाह गरेका थिए। जसमा उनले लोकगीतमार्फत कार्यकर्तालाई आत्महत्या गर्न उकास्ने गरेको आरोप लाग्छ।
सतिदर अभिन्ता तथा कवि पनि थिए। उनले अन्य दुई छोटो दुरीको फिल्ममा पनि काम गरेका थिए। सन् २०१९ मा ‘क्रोनिकल्स अफ श्री’ तथा २०१६ मा ‘आधा चाँद तुम रख लो’ रिलिज भएको थियो।
‘आधा चाँद तुम रख लो’ २०१६ को कान्स फिल्म फेस्टिभलमा छनोट भएको थियो।