पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली नयाँ वर्ष २०७८ सालको अवसरमा सम्पुर्ण नेपालीहरुलाई शुभकामना दिएका छन्।
उनले शुभकामना दिदै नेपाली जनतामा शुख, शान्ति र सन्तुष्टिकोे कामनासमेत गरेका छन्। शुभकामना दिदैँ उनले भनेका छन्, 'नेपाली हामी फुटेर होइन्, शक्ति संरक्षण गरौँ जुटेर।'
उनले देशको विकास र समृद्धिको लागि निषेध र प्रतिशोधको चत्रब्यूहबाट बाहिर निस्कनुपर्नेमा जोड दिएका छन्। आफ्नै देशमा रहेको स्रोत साधनलाई सदुपयोग र परिचालन गर्न सके मात्र देशले गति लिनेमा उनको विश्वास छ।
पूर्वराजा ज्ञानेन्द्र केही दिन पहिले मात्र भारत सरकारको निम्तोमा कुम्भमेलामा सहभागि हुन हरिद्धार पुगेका थिए।