नयाँ वर्ष: वैशाख १ मा किन र कहाँकहाँ मनाइन्छ

बिबिसी

काठमाडौं

नयाँ वर्षको प्रसङ्ग आउनासाथ हामी सबैको मनमा नयाँ उत्साह जागृत हुन्छ। अहिले नेपालसहित एशियाका विभिन्न देशमा फेरि एउटा नयाँ वर्ष मनाउने क्रममा छौँ।

सांस्कृतिक विविधता भएका विभिन्न देशमा अनेकौँ संवत्‌ र पात्रो/पञ्चाङ्गहरू प्रचलनमा छन्। त्यसैले त्यहाँ ३६५ दिनमा धेरै नयाँ वर्षहरू मनाउने गरिएको पाइन्छ।

नेपालमा विक्रम संवत्‌ले सांस्कृतिक र औपचारिक मान्यता पाएको छ। त्यसअनुसार वैशाख १ गते संवत् २०७८ को नयाँ वर्ष मनाइँदैछ।

तर यो दिन वर्ष परिवर्तन भएको मान्ने चलन नेपालमा मात्र सीमित छैन। भारत, बाङ्ग्लादेश र श्रीलङ्कासहित एशियाका केही अन्य देशमा पनि यही दिन नयाँ वर्ष मनाइन्छ।

प्रकाशित मिति: : 2021-04-14 11:56:00

प्रतिकृया दिनुहोस्