कोरोना महामारीले नछोएकी अभिनेत्री (पाँच तस्वीरसहित)

Photo's : Kirti Instagram
Photo's : Kirti Instagram

बलिउड अभिनेत्री कृति सेनान कोरोना महामारीमा पनि निकै व्यस्त छिन्। 

अरु कलाकारहरु कोरोनाले गर्दा फुर्सद मनाइरहेका छन्। तर कृति भने एकपछि अर्को चलचित्रमा अनुबन्धित भइरहेकी छन्। 

उनी यतीबेला 'भेडिया' कमेडी हर्रर र 'गणपत' एक्शन चलचित्रमा व्यस्त छिन्।  यस सगैँ उनको हातमा अन्य ६ चलचित्रको सम्झौता पनि छ। उनले फरक फरक चलचित्रमा नयाँ भूमिका निर्वाह गर्दा आफू पनि उत्साहित भएको बताएकी छन्।

कृति हाल छायांकनको लागि अरुणाञ्चल प्रदेशमा छिन्। उनले केही दिन अघि मात्र 'बच्चन पाण्डे'को छायांकन सकाएकी थिइन्। 

 

प्रकाशित मिति: : 2021-04-14 18:53:00

प्रतिकृया दिनुहोस्