सधैँ घाटा देखाउने आयल निगममा बोनसका लागि छुट्ट्याइयो साढे ३ अर्ब, मूल्य भने बढेको बढ्यै !

लोकान्तर

काठमाडौं

कर्मचारीलाई बोनस उपलब्ध गराउने नाममा नेपाल आयल निगममा ३ अर्ब ४७ करोड रुपैयाँ थुप्रिएको पाइएको छ।

आयल निगम नाफामा गएको विभिन्न समयमा छुट्ट्याइएको बोनसबापतको रकम ३ अर्ब ४७ करोड ३२ लाख ९९ हजार रुपैयाँ निगममा थुप्रिएको हो। 

आर्थिक वर्ष २०५८/५९ बाट हालसम्मको अवधिमा निगमले ७ वर्ष कर्मचारीलाई बोनस छुट्ट्याएको छ।

एकातिर निगम घाटामा गएको भन्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै आइरहेको निगमले नाफा भएको वर्षको बोनस रकम भने अहिले लिन नसकेपनि कुनै दिन लिन पाइने आशामा छुट्याएर राखेको हो। 

प्रकाशित मिति: : 2021-04-15 12:57:00

प्रतिकृया दिनुहोस्