कोभिड नेपालः कोरोना भाइरसको 'डबल म्यूटन्ट भेरिअन्ट' किन चिन्ताको विषय हो

बिबिसी

काठमाडौं

नेपालमा पनि कोरोनाभाइरसको निकै सङ्क्रामक प्रकार "डबल म्यूटन्ट भेरिअन्ट" भेटिएको पुष्टि भएपछि स्वास्थ्यविद्‌ तथा भाइरोलजिस्टले चिन्ता व्यक्त गरेका छन्।

बुधवार मात्रै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकले भक्तपुरका एक पुरुषमा दुई पटक उत्परिवर्तन भएको कोरोनाभाइरसको उक्त प्रकार भेटिएको बीबीसी न्यूज नेपालीलाई बताएका थिए।

महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाभाइरस सङ्क्रमण देखिएका पाँचवटा नमुना हङ्‌कङस्थित एक प्रयोगशालामा पठाइएकोमा एउटामा डबल म्यूटन्ट भेरिअन्ट पुष्टि भएको हो।

प्रकाशित मिति: : 2021-04-16 17:41:00

प्रतिकृया दिनुहोस्