चलचित्र छाडेर व्यवसायमा व्यस्त 'डिम्पल गर्ल'

बलिउड अभिनेत्री प्रीति जिन्टा एक समयकी सर्वाधिक लोकप्रिय कलाकार थिइन्।

उनले थुप्रै सुपरहिट चलचित्रहरुपनि दिईन्। जसले बलिउडको बक्स अफिसमा राम्रो नाम र दाम कमाए। 

दर्शकमाझ उनी 'डिम्पल गर्ल' नामले समेत चर्चित छिन्। त्यसो त प्रीतिको सुन्दरता र अभिनयपनि उत्तिकै प्रशंसायोग्ग मानिन्छ।

९० को दशकतिर बलिउडमा उनी जत्तिको क्युट  अभिनेत्री सायद कोही थिएनन्। तर उनी वैवाहिक सम्बन्धमा बाँधिएपछि भने चलचित्र क्षेत्र नै छाडिन्। अहिले पनि उनी चलचित्रबाट टाढा नै छिन्।

उनी अहिले 'किङ्ग्स इलेवन पंजाब'की मालिकनी बनेर व्यवसाय गर्दै आएकी छन्। 

प्रकाशित मिति: : 2021-04-17 05:59:00

प्रतिकृया दिनुहोस्