आमाको नाममा नागरिकता खोइ ?

अजवी पौड्याल

काठमाडाैं

१. बाँके नेपालगन्ज बस्ने रिया शर्मा २५ वर्षकी भइन्। उनका बुवाको १० वर्षअघि निधन भयो। आमासँग वंशजको नागरिकता छ। तर, आमाको नामबाट नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयले इन्कार गरिदियो। बुवाको नागरिकता, बुवा नेपाली भएको प्रमाण र बुवातिरका मान्छेको सिफारिस आवश्यक भन्दै फर्काइयो। रियाले नागरिकता अभावमा बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन पाएकी छैनन्। जागिर खाएर एकल आमालाई पाल्ने उनको धोको अधुरै छ। 
———
२. धनुषाका इन्द्रजित साफी पेसाले इन्जिनियर हुन्। उनकी आमा वंशजका आधारमा नागरिक हुन् भने बुवा जन्मसिद्ध नागरिक। नागरिकता बनाउन इन्द्रजितले वडा कार्यालयबाट मुख्यमन्त्री कार्यालयसम्म धाए। तर, बनेन। परिवार पाल्ने जिम्मा बोकेका उनले नागरिकता अभावमा गतिलो जागिर खान पाएका छैनन्। उल्टै अनागरिक जिन्दगी बिताइरहेका छन्। भन्छन्, ‘खोइ आमाको नामबाट नागरिकता ?’ 
———
३. ओखलढुंगाका हरि बस्नेत एकल आमाको संरक्षणमा हुर्किए। उनी सानै हुँदा बुवा बेपत्ता भए। हरि आमाकै नामबाट नागरिकता लिन चाहन्छन्। तर, वडा कार्यालयले सिफारिस दिएन। आफूलाई जन्माउने, हुर्काउने र संरक्षण गर्ने आमा भइन्, नागरिकता बनाउन बुवाको पहिचान खोजिनु उनलाई आवश्यक लागेको छैन। भन्छन्, ‘म आमाबाटै चिनिन चाहन्छु।’
———
४. काठमाडौंको बानेश्वर बस्ने कमला मगर २०५० सालमा अपरिचित व्यक्तिबाट बलात्कारमा परिन्। उनको गर्भ रहन गयो। २०५१ सालमा छोरी जन्माइन्। उनी एक्लै छोरी हुर्काइन्, पढाइन्। छोरीको नागरिकता बनाउन सिफारिस लिन जाँदा बाबु पहिचान नभएको भन्दै रित्तै फर्काइदियो। कमलासँग वंशजको नागरिकता छ तर छोरी अनागरिक बनेकी छन्। कलेज पढ्दै गरेकी छोरी नागरिकताकै अभावमा उच्च शिक्षाका लागि विदेश जान पाएकी छैनन्।

प्रकाशित मिति: : 2021-04-18 07:14:00

प्रतिकृया दिनुहोस्