ओली सरकारले जसपाका कुन–कुन माग पूरा गर्दैछ ?

२४ थान मुद्दाको छिनोफानो हुँदै, रेशम चौधरीको रिहाइ तत्काल नहुने

रातोपाटी

काठमाडौं

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली जनता समाजवादी पार्टी (जसपा) नेपालले अघि सारेका माग पूरा गर्न सकारात्मक भएका छन्।

उनले जसपा नेपालका माग पूरा गर्नका लागि प्रकृयासमेत अगाडि बढाइसकेका छन्।

जसपाले अहिले रेशम चौधरीलगायतका नेताको रिहाइ, मधेस तथा थरुहट आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्तालाई मुख्य माग बनाएको छ।

त्यसपछि नागरिकताको समस्या, संविधान संशोधनलगायतका मागहरु उसले अघि सारेको छ।

जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको अग्रसरतामा सरकारसँग यी माग पूरा गराउनका लागि बारम्बार छलफल हुँदै आएको छ। सोही छलफलका आधारमा सरकारले जसपा नेपालका माग पूरा गर्ने प्रक्रिया सुरु गरेको ह।

प्रकाशित मिति: : 2021-04-18 11:25:00

प्रतिकृया दिनुहोस्