काठमाडौंको अनामनगरस्थित बुलबुले मार्गमा एक महिलाको बीभत्स हत्या भएको छ।
शनिबार साँझ करिब साढे सात बजेतिर ४८ वर्षीय रोशनी राजभण्डारीको फलामको रड (खन्ती) प्रहार गरी हत्या भएको प्रहरीले जानकारी दिएको छ।
हत्या गरेको अभियोगमा प्रहरीले उनकै देवरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
'फलामको रड प्रहार गरेर देवरले हत्या गरेको खुलेको छ। यस बिषयमा थप अनुसन्धान गरिरहेका छौँ,' महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी सुशील सिंह राठौंरले भने।
प्रहरीले मोहनराज राजभण्डारीलाई नियन्त्रणमा लिएको छ।
'महिला बाटोमा हिँडिरहेकी थिइन्। त्यही समयमा आएर हानेको बुझिएको छ। थप अनुसन्धान गरिरहेका छौँ,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।
देवर भाउजूबीच पहिले देखिनै मनमुटाब भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। रिसइबीको कारण आवेगमा हत्या गरेको प्रहरीले जानकारी दिएको छ।