एकैदिन १ हजारभन्दा बढीमा कोरोना संक्रमण, ८ जनाको मृत्यु 

काठमाडौँ उपत्यकामा ४३५ जना संक्रमित 

File Photo
File Photo

नेपालमा पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जनामा सङ्क्रमण देखिएको हो।

यस्तै आज २६२ जना सङ्क्रमण निको भई घर फर्किएका छन्। अहिलेसम्म दुई लाख ७५ हजार ३०० जना निको भएर घर फर्किएका छन्।

यसैगरी पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट ८ जनाको निधन भएको छ। योसंगै नेपालमा अहिलेसम्म निधन हुनेको सङ्ख्या तीन हजार ८३ जना पुगेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ४३५ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर र ४५ जना भक्तपुरका रहेका छन्।

प्रकाशित मिति: : 2021-04-18 17:04:00

प्रतिकृया दिनुहोस्