एउटा घटनाले बलिउडबाट टाढा बसेकी थिइन् महिमा चौधरी

बलिउडमा कुनै नयाँ नाम होइन्, महिमा चौधरी। नाम जत्तिको टिक्नु पर्ने त्यती भने टिक्न सकेन।

त्यसो त उनी सफल अभिनेत्रीको सुची मै पर्छिन्। तर उनी यतिबेला चलचित्रबाट टाढा छिन्।

उनले 'परदेश', 'धड्कन', 'खिलाडी ४२०', 'प्यार कोई खेल नहीँ', 'दिल क्या करे' जस्ता थुप्रै सुपरहिट चलचित्रमा काम गरिन्। उनको सुन्दरता र अभिनयले सबैलाई कायल नै बनाएको थियो्।

तर चलचित्र 'दिल क्या करे'को सुटिङमा उनी ठुलो दुर्घटना परिन्।

एक अन्तर्वार्तामा उनले भनेकी छन्, 'त्यो घटनाले मेरो जीवनमा धेरै उथलपुथल आयो। त्यसपछि मैले यो क्षेत्रबाट टाढा रहने निर्णय गरेकी हुँ।' 

प्रकाशित मिति: : 2021-04-20 18:13:00

प्रतिकृया दिनुहोस्