बलिउडकी अभिनेत्री कंगना रनौत समय-समयमा चर्चामा आइरहन्छिन्।
कहिले सशक्त विचार, कहिले अब्बल अभिनय, कहिले कलाकारसगँको विवाद र कहिले पहिरनको कारण चर्चामा आउनु उनको हकमा समान्य नै हो।
उनै अभिनेत्री कंगनाले सोमबार सामाजिक सञ्जालमा एउटा तस्वीर शेयर गरिन्। जसमा उनले सेतो सारी लगाएकी छन्।
अचम्म त के छ भने, उनको हातमा देखिएको पर्सको मुल्य १० हजार डलर रहेको पाइएको छ। उनले बोकेको पर्समा ‘१० हजार डलर’ लेखिएको हो। यतिबेला उनको उक्त तस्वीर भाइरल बनिरहेको छ।
कंगना यतिबेला ‘थलाइवी’ चलचित्रको प्रमोशनमा व्यस्त छिन्। चलचित्र २३ अप्रिलमा रिलिज बताइएको छ।