अमिषा पटेलः जसलाई बलिउड फापेन

अमिषा पटेलको नाम सुन्नबित्तिकै प्रायः दर्शकहरुलाई बलिउड चलचित्र 'कहो न प्यार'को याद आउन सक्छ।

एक समय बलिउडमा अमिषाको अनुहारले खुबै चर्चा पायो। उनको बारे राम्रो र नराम्रो दुवै खालका टिप्पणी चलेको कुरालाई नकार्न सकिदैन। 

उनले बलिउडमा आफूलाई सफल र स्थापीत गर्न धेरै संघर्ष गरिन्। यहाँ सम्म कि चर्चामा आउन उनले विभिन्न आलोचनात्मक बोल्ड सिनहरु पनि दिइन्। तर पनि उनी बलिउडमा टिक्न भने सकिनन्।

बोल्ड सिन दिएर मात्रै बलिउडमा टिक्न सकिदैन भन्ने लागेपछि अमिषाले आफै बलिउडबाट टाढिने निर्णय गरिन्। अहिले उनी व्यवसायमा व्यस्त रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

प्रकाशित मिति: : 2021-04-21 13:37:00

प्रतिकृया दिनुहोस्