प्रभानन्दको ‘किन आज’ म्यूजिक भिडियो सार्वजिक 

विगत ५ वर्षदेखि संगीत क्षेत्रमा सक्रिय गायक प्रभानन्द वैद्यको ‘किन आज’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

काठमाडौं नक्सालमा भएको एक कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार सन्तोष पन्तले भिडियो सार्वजनिक गरेका हुन्।

प्रभानन्द वैद्यले गाएको गीतको शब्द तथा संगीत महेशराज थापाले गरेका छन् भने छायाँकन भवानी शिलाकर गरेका हुन् l

म्यूजिक भिडियोमा ग्रिस वैद्य र रेजिसा डंगोलकाे अभिनय रहेको छ। रवि सायमीले निर्देशन गरेको भिडियो सुजनले खिचेका हुन्।  म्युजिक भिडियोमा देशको विभिन्न मनोरम स्थलहरू नगरकोट, मार्खू - कुलेखानी ड्याम, चित्लाङ देखाइएकाे छ। 

गीत हाइटेक इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रकाशित मिति: : 2021-04-21 16:31:00

प्रतिकृया दिनुहोस्