हावाहुरीले पर्खाल भत्किँदा एकको मृत्यु

विजय साह

जनकपुर

धनुषाको ढल्केवरमा हावाहुरीले पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मिथिला नगरपालिका ६ ढल्केवर बस्ने अन्दाजी ६० बर्षीया दौलतिया देवी दास भएकी छन् भने १२ बर्षिय बालक अनुराग दास घाइते भएका छन्।

बिहिबार बिहान ६ बजे बर्षासँगै आएको हावाहुरीले ईटाको पर्खाल भत्किँदा गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा जनकपुरमा मृत्यु भएको आफन्तले जनाएको छ। घाइते बाललको उपचार भइरहेको छ।

शैलेन्द्र साहले निर्माण गर्दै गरेको पक्की घरको दोस्रो तलामा ईटाको पर्खाल भत्किँदा छेउमै रहेको खाजाघरमाथि खसेको थियो। खाजाघरमा मृतक महिला र उनको नाति अनुराग सुतिरहेका थिए।

प्रकाशित मिति: : 2021-04-22 14:51:00

प्रतिकृया दिनुहोस्