नेपालद्वारा मलेसिया पराजित, नेपाल शीर्षस्थानमा रहँदै फाइनलमा 

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले मलेसियालाई पराजित गरेको छ।

नेपालले मलेसियालाई ६८ रनले पराजित गरेको हो। यो सँगै नेपाल सिरिजको शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको मलेसिया १९.१ ओभरमा १ सय ४८ रनमा अलआउट भयो।

मलेसियाका अहमद फैजले ३१ रनको योग्दान गरे। भिरन्दिप सिंहले १३ रन बनाउदा अनवर अरुबिन्ले ६, साद अजिज ४ र सार्भिन्ले ३ रन बनाए।

नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी र कमलसिंह ऐरीले३-३ विकेट लिए। सुश्हन भारीले १ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले  निर्धारित २० ओभर खेल्दै ७ विकेट गुमाए २ सय १७ रन बनायो।

नेपालका लागी कुशल भुर्तेललाई १६ रनको योगदान गरे। आसिफ शेखले ४२ तथा करण केसीले ४५ रन जोडे। करणले १३ बल खेल्दै ७ छक्का प्रहार गरे।

कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए। दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाए।

मलेसियाका लागि अनवर रहमान र फित्री सामले २–२ विकेट लिए । नेपालले शनिबार नेदरल्यान्डससँग फाइनल खेल्नेछ।

प्रकाशित मिति: : 2021-04-22 16:40:00

प्रतिकृया दिनुहोस्