सलमान खानसँग ब्रेकअपको कारण 'चल्ते चल्ते'बाट टाढा बनेकी थिइन् ऐश्वर्या

बलिउड चलचित्र 'चल्ते चल्ते' सार्वजनिक भएको दशकभन्दा बढी भइसकेको छ।

चलचित्रको मुख्य भूमिकामा थिए, अभिनेता शाहरुख खान र अभिनेत्री रानी मुखर्जी। चलचित्रले रिलिजको बेला राम्रै चर्चा कमायो। रानी मुखर्जीको करिअरलाई पनि ठुलो सहयोग गर्यो। 

हालै सार्वजनिक भएको चलचित्रको समीक्षात्मक एक पुस्तकामा भने 'चल्ते चल्ते' निर्माण हुँदाको नयाँ रहस्य खुलेको छ।

त्यतीबेला चलचित्रमा रानी मुखर्जीलाई अनुबन्धित गर्नुभन्दा पहिले अभिनेत्री ऐश्वर्या रायलाई लिइएको थियो। तर उक्त चलचित्रको लागि छायांकनमा जादा ठिक त्यतीबेला ऐश्वर्याको ब्रेकअप भयो, अभिनेता सलमान खानसँग।

ब्रेकअपको कारण ऐश्वर्याको मानसिक अवस्थामा परिवर्तन आएपछि तत्कालिन समयमा आफू चलचित्र गर्ने मूडमा नभएको बताइन्। त्यसपश्चात निर्माण समूहले रानी मुखर्जीलाई अनुबन्धित गरेको थियो।

त्यसभन्दा अघि सलमान खान र ऐश्वर्या राय दुइ वर्षदेखि प्रेममा थिए। 

प्रकाशित मिति: : 2021-04-23 13:44:00

प्रतिकृया दिनुहोस्