वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मिर्गौला तथा थाइराइड पीडित एक महिलालाई आर्थिक सहयोग गरेका छन्।
उनले डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाकी ५३ वर्षीया मिर्गौलापीडित उजुली आउजीलाई १५ हजार तथा आदर्श गाउँपालिका–५ का थाइराइडका बिरामी रुपसिंह टमटालाई १० हजार सहयोग प्रदान गरेका हुन्।
लामो समयदेखि बिरामी भएर काठमाडौँमा उपचार गराइरहेका दुवैलाई उपचारमा केही सहज होस् भन्ने उद्देश्यले उक्त रकम मन्त्रीले प्रदान गरेका उनका स्वकीय सचिव हेमन्त रेग्मीले बताए।