पछिल्लो समय बलिउडमा लोकप्रिय अभिनेता हुन्, रणबीर कपूर।
युवापुस्तामा उनको क्रेज निकै पाइन्छ। 'गुड लुकिङ' र 'प्रफेक्ट अभिनय'को कारण उनी अहिले चर्चाको शिखरमा छन्।
त्यसो त उनी केहिलेकाहीँ विभिन्न अभिनेत्रीहरुसँगको प्रेम सम्बन्धको कारण पनि चर्चामा आउँछन्। तर बलिउडमा यस्ता गसिप आउनु ठूलो कुरा होइन्।
हालै उनले दिएको एक अन्तर्वार्तामा आफूलाई चलचित्र ‘जोधा अकबर’बाट रातारात निकालिएको बताएका छन्।
‘जोधा अकबर’को मुख्य भूमिकामा ऐश्वर्या राय र ऋतिक रोशन छन्। तर चलचित्रमा ऋतिकलाई भन्दा पहिले रणबीरलाई अनुबन्धित गरिएको खबर कसैलाई जानकारी गराइएन।
रणबीरले भनेका छन्,' ‘जोधा अकबर’को निर्माण समूहले सबैभन्दा पहिले म सँग सम्झौता गरेको थियो। मैले पनि साइन गरिसकेको थिए। तर मलाई थाहा नदिइ पछि ऋतिकलाई भित्र्याइएछ। र पनि म खुशी नै थिए।'