बलिउडमा सम्बन्ध गाँस्न सजिलो छ। तर टिकाउन भने गाह्रो।
थुप्रै कलाकारहरु केही समयको प्रेम सम्बन्ध र विवाहपछि पनि टाढिएका छन्। छुटिएका छन्।
पछिल्लो समय त कलाकारहरुको गसिप आउनु पनि सामान्य भइसकेको छ, दर्शकहरुको लागि। तर यस्तो प्रसंग आइरहदा अभिनेता आमिर खान र उनकी श्रीमती किरण राव भने उदाहरणीय जोडी हुन्।
किरण राव एक शाही घरानाकी हुन्। उनको परिवार निकै सम्पन्न छ।
उनी चलचित्रको पर्दामा कहिल्यै देखिइनन्। तर उनले थुप्रै चलचित्रहरु भने निर्देशन गरेकी छिन्।
किरणका हजुरबुवा जे. रामेश्वर राव तेलंगानाको महबुबनगरका महाराजा थिए। उनीपछि किरणका पिताले यो विरासत सम्हालेका थिए।
किरण राव र आमिर खानको विवाह सन् २००५ मा भएको थियो।