मकवानपुरका कोरोना सङ्क्रमितको मृत्यु

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

मकवानपुरका एक कोरोना सङ्क्रमितको उपचारका क्रममा यहाँ मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–४ का ५० वर्षीय पुरुष रहेका छन्। 

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गिताञ्जलि ढकालका अनुसार उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज दिउँसो १२ः४५ बजे मृत्यु भएको हो।

छाती र फोक्सोसम्बन्धि समस्या भएका उनमा यही वैशाख ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

कोरोना सङ्क्रमण पुष्टि भएपछि वैशाख ६ गते भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएका उनको मृत्यु भएको हो। रासस

प्रकाशित मिति: : 2021-04-23 18:24:00

प्रतिकृया दिनुहोस्