दक्षिण भारतीय चलचित्रकी अभिनेत्री रायजा विलसनले एक छालाकी डाक्टर (छालारोग विशेषज्ञ) लाई निशाना बनाएकी छन्।
गलत उपचारका कारण रायजाले सोसल मिडियामा ती डाक्टरलाई टार्गेट बनाएकी हुन्।
रायजाले एक छालाकी डाक्टरसँग आफ्नो अनुहार जचाँएकी थिइन्। उपचारपछि आफ्नो अनुहारको स्थिति खराब भएपछि डाक्टरका लागि सोसल मिडियामा मेसेज नै लेखेकी छिन्।
रायजा विलसनले इन्स्टाग्राम डाक्टरको नाम मेन्सन गर्दै लेखेकी छन्, ‘हिजो एउटा साधारण फेसियलका लागि डाक्टरलाई भेटेँ। उनले मलाई एउटा फेसियल प्रक्रिया गर्न भनिन् जसको मलाई आवश्यकता नै थिएन। अब नतिजा यस्तो छ।’
रायजाले आफ्नो अनुहारमाथि गलत उपचार भएको भन्दै ती डाक्टरसँग भेट्न पनि खोजिन्। तर डाक्टरले विविध कारण देखाउँदै टारिन्।
उनले सेयर गरेको फोटोमा उनको आँखामुनी सुन्निएको छ।