'मायालुलाई भेट्नलाई गाँसै छोडी आएँ म
घामपानी नभनी यहाँसम्म धाएँ म
माया भने किन हो छेउमै नआउने
मैले माया गरेको भेउ नै नपाउने।'
चर्चित गायक शिशिर योगीको नयाँ गीत सार्वजनिक भएको छ।
‘माया छेउमै नआउने’ बोलको उक्त गीतका रचनाकार हरिहर तिमिल्सिना हुन्। यसमा सङ्गीत र स्वर शिशिरको रहेको छ।
राष्ट्रिय गीत, सामाजिक चेतना र जागरणका गीत गाउँदै आएका शिशिर आफ्नो नयाँ शैलीका साथ आएका छन्। यस गीतमा लोक शैली र आधुनिक शैलीको मिश्रण गरिएको छ।
गीत पूर्णरुपमा नृत्य प्रधान रहेको छ। उक्त गीतको म्युजिक भिडियो शिशिरको आफ्नै च्यानलमार्फत सार्वजनिक भएको छ। सुरेन्द्र बसेलको कोरियोग्राफीमा सुधिर श्रेष्ठ र याङ्सु श्रेष्ठको अभिनय रहेको छ भने वीरेन्द्र भाट विपीनले यसको निर्देशन गरेका हुन्।
कोभिडको समयमा मनोरञ्जन र तनाव व्यवस्थापनमा सहयोग होस् भनेर उक्त गीत गाएको गायक शिशिरले बताए।