मानिसकै कारण 'मानव अस्तित्व'लाई खतरा

विजय बस्नेत

काठमाडौँ

हाम्रो वरपरको वातावरण सधैँ प्राकृतिक रुपमा फेरबदल भईरहेको हुन्छ। जसले सामान्य रुपमा सम्पुर्ण प्राणीहरुको जीवन प्रक्रिया निरन्तर रुपमा चलाईरहेको हुन्छ।

हाम्रो वरपरको वायुमण्डलमा भइरहने स्वभाविक र प्राकृतिक फेरबदललाई आधार मानेर विभिन्न ऋतुहरु वर्गिकरण गरिएको छ। प्राकृतिक रुपले कुनै ठाउँको मौसम करिब ३० वर्ष सम्म एकैनासको हुन्छ, जसलाई जलवायु भनिन्छ। तर मौसम अप्राकृतिक रुपले परिवर्तन भएमा त्यसलाई जलवायु परिवर्तन भनिन्छ। जब जलवायु परिवर्तन हुन्छ, प्राकृतिक रुपले पारिस्थितिक प्रणालीमा ठुलो असर पार्दछ।



ब्रह्माण्डको अध्ययन गर्न गरिएको त्यो पहिलो अभ्यास- 'हबल स्पेस'



जलवायु परिवर्तन अहिले नियमितताबाट बाहिरिएको छ। प्राकृतिक रुपमा कार्बनडाइअक्साइड र मिथेन ग्याँसको सन्तुलनले नै प्रकृतिमा जीवहरु पारिस्थितिक प्रणालीमा चलिरहेका छन्। जलवायु परिवर्तन नियमित प्राकृतिक प्रक्रिया भएतापनि अहिले मानवीय कारणले उक्त प्रक्रियामा फेरबदल भएको छ।

अहिलेको बढ्दो औद्योगिकीकरण, खनिज इन्धनको व्यापक प्रयोग, वन जङ्गलको विनाश र अन्य मानवीय क्रियाकलापहरुले हरितगृह ग्याँसको अत्याधिक उत्सर्जन भएर जलवायु परिवर्तन तिब्र रुपमा बढेको छ। अहिले वातावरणमा मानवसिर्जित हरितगृह ग्याँस जस्तैः कार्बन डाइअक्साईड, मिथेन, नाईट्रस अक्साईड, हाईड्रोफ्लाेराे कार्बन, प्रफ्लाेराे कार्बन र सल्फरहेक्जा फ्लुरोराईड  जस्ता हानिकारक ग्याँसहरु फैलिएर पृथ्वीको तापक्रम निरन्तर बढ्दै गइरहेको छ।

बढ्दो विकासक्रमसँगै अहिले औद्योगिकीकरण अझ बढ्दै गइरहेको छ। पृथ्वीको औषत तापक्रम पनि क्रमश बढ्दै गइरहेको छ। जसको कारणले हिमश्रृङ्खला क्षेत्रको हिउँ पग्लने, तालहरु सुक्दै जाने, वर्षामा अनियमितता, दुई धुर्बमा रहेको हिउँ पग्लेर समुन्द्रको जलस्तर बढ्दै जानु जस्ता धेरै असरहरु पृथ्वीमा देखा पर्न थालिसकेका छन्। साथै जैविक विविधतामा पनि धेरै असर परिरहको छ। जसमा केही जीवको विनाश र केही नयाँ जीवको उत्पत्ति  भएका छन्। यसको प्रत्यक्ष असर मानव प्रजातीमा पनि परेको छ। जसले गर्दा विभिन्न भौगोलिक तथा स्वास्थ्य समस्याहरु देखा पर्न थालेका छन्। साथै आउने दिनहरुमा अझ कठिन समस्याहरु थपिन सक्दछन्।



'टाईम ट्राभल'बाट भेटिन सक्छ अर्को ब्रह्माण्ड



विभिन्न अध्ययनहरुले अहिले पृथ्वीको औषत तापक्रम सोचेभन्दा बढिरहेको पाएका छन्। वैज्ञानिक अध्ययन तथा जलवायु परिवर्तन सम्बन्धी सरकारी मञ्च (Inter-Government Panel On Climate Change ,IPCC) को प्रतिवेदनले जलवायु परिवर्तन तिब्र रुपले बढिरहेको पुष्टि गरेको छ। साथै अन्य अन्तराष्ट्रिय संघ संस्थाहरुले पनि यो पुष्टि गरेका छन्। उक्त संस्थाहरुले यो क्रम बढ्दै गएमा मानवले ठुलो विनाशको सामना गर्नुपर्ने पनि निश्चित गरिसकेका छन्।

अहिले पृथ्वीको औषत तापक्रम वार्षीक ०.०२५ प्रतिशतले बढ्दै गएको छ। जुन तापक्रम दोब्बर रुपले बढ्दै गइरहेको हो। त्यसैले दिन प्रतिदिन जटिल समस्याहरु देखा पर्दैछन्। अहिले जलवायु परिवर्तन कम गर्न विभिन्न उद्देश्य, नीति र नयाँ कार्यक्रम अघि सार्दै गए पनि जलवायु परिवर्तन कम भएको छैन। बढ्दो मानविय नकारात्मक क्रियाकलापले गर्दा जलवायु परिवर्तनमा अहिले नयाँ समस्या सिर्जित भएको छ।

हरितगृह प्रभावले नै पृथ्वीमा जीव विकासको क्रम अघि बढेको हो। हरितगृह प्रणालीले पृथ्वीबाट परावर्तित भएको उर्जा वायुमण्डलमा संचित गरेर राख्दछ भने परावर्तित उर्जाको केही अंश पृथ्वीतिरै फर्काईदिन्छ। त्यसैले पृथ्वीको सतहमा तापक्रम व्यवस्थित गरेर राख्दछ। यही प्रक्रियालाई नै हरितगृह प्रभाव भनिन्छ। हरितगृहमा नयाँ ग्याँसहरुको मात्रा बढ्न गइरहेकाले पृथ्वीबाट परावर्तित किरणको मात्रामा फेरबदल भई पृथ्वीमा नै फर्केर आउनाले केही दशकयता विश्व्यापी तापक्रममा बृद्धि भईरहेको छ।



अन्तरिक्ष पर्यटनः अन्य ग्रहमा मानव बस्तीको अभ्यास



अहिले विकसित देशहरुले कार्बन तथा अन्य ग्याँसहरुको बढि उत्सर्जन गरेको पाईन्छ। जसमा क्रमश चीन, संयुक्त राष्ट्र अमेरिका, भारत, रुस र जापान जस्ता देशहरु पर्दछन्। हरितगृह ग्याँसको उत्सर्जन गर्ने क्षेत्रहरुमा इन्धन, कलकारखाना, वन, कृषि, यातायात, भवनहरु र फोहोर क्षेत्र सबैभन्दा बढि जिम्मेवार देखिएका छन्। यी सबै मानवीय क्रियाकलापले गर्दा उत्सर्जित हुन्छन्। मानव शिक्षित प्राणी मानिए पनि आफ्नो अस्तित्वको जिम्मेवारीमा देखिएको छैन्।

मानवको विज्ञान र प्रविधिले प्राकृतिक नियमलाई जित्न सक्दैन। मानवले अहिले विभिन्न विकास र प्रविधि अघि सारेको छ। जसले गर्दा जलवायु परिवर्तनमा प्रत्यक्ष असर पारेको छ। प्रकृतिसँग अनुकुलन नहुने गरि विकासक्रम अघि बढेको छ, अहिलेको युगमा। त्यसैले मानव आफैले जलवायु परिवर्तन उब्जाईरहेको छ।

सामान्य जलवायु परिवर्तन हुँदा सम्पुर्ण जीवले आ–आफ्नो विकासक्रमलाई त्यहीँ वातावरण सँग मिलाउँदै जान्छन्। तर अहिले मानव प्रजातीले उक्त प्रक्रिया थेग्न सकेको छैन। विभिन्न समस्याहरु देखा परिरहेका छन्। जसले मानवको अस्तित्व मेटाउन सक्दछ। कठिन वातावरणलाई अनुकुलन मिलाउँदै अघि बढेमा विभिन्न जीव, व्याक्टे«रिया, भाईरस जस्ता प्राणीहरुले आफ्नो अस्तित्वमा राज गर्न सक्दछन्। त्यसैले मानवको अस्तित्व अहिले निकै संघर्षपुर्ण वातावरणमा चलिरहेको छ। 



विज्ञान र प्रविधिले जन्माएको अहंकार 

प्रकाशित मिति: : 2021-04-24 18:04:00

प्रतिकृया दिनुहोस्