अभिनेत्री मिरुना मगर यतिबेला चलचित्र ‘कबड्डी ४’ मा व्यस्त छिन्।
पछिल्लो समय लगातार फिल्म अभिनय गर्ने अभिनेत्रीमा पर्दछन् । तर पनि उनले हिट फिल्म दिन सकेकी छैनन्।
अभिनेता सौगात मल्ल, विपिन कार्की अभिनित चलचित्र ‘लालपुर्जा’ उनको डेब्यु चलचित्र थियो। त्यसपछि पनि उनले अभिनेता प्रदिप खड्कासँग चलचित्र ‘रोज’ मा काम गरिन्। त्यसयता पनि उनले ‘साइनो’ र ‘च च हुईं’ काम गरिन्। तर यी चलचित्र बारे झन् दर्शकहरुलाई थाहा समेत भएन।
चार वटा चलचित्रमा काम गर्दासमेत उनले दर्शकहरुको ध्यान खासै खिच्न सकिनन्, यसरी नकार्न सकिदैन। विदेशी वातावरणमा हुकेर्की मिरुनाको सुन्दरता बारे भने निकै चर्चा हुन्छ। उनी साच्चीकै नायिका रुपको छिन्। दर्शकहरुले त उनलाई कोरियन नायिका पनि भन्न थालेका छन्।
उनै नायिका मिरुनाको करिअरले यतिबेला टर्निङ प्वाइन्ट लिने अपेक्षा लिइएको छ। कारण हो, उनी चलचित्र ‘कबड्डी’को चौथो सिक्वेल ‘कबड्डी ४’ मुख्य भूमिकामा देखिनु।
चलचित्रका तीन वटा सिक्वेल नै हिट छन्। यसर्थ ‘कबड्डी ४’ पनि हिट हुनेमा धेरै विश्वस्त छन्। चलचित्रमा उनले अभिनेता दयाहाङ राई, सौगात मल्ल, विजय बराल, वुद्धि तामाङ, पुष्कर गुरुङ, जयनन्द लामालगायत सँग सहकार्य गर्नेछिन्।