आईपीएलः दिल्ली क्यापिटल्सको जित

आईपीएलमा दिल्ली क्यापिटल्सले सनराईजर्स हैदरावादलाई पराजित गरेको छ।

आइतबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै दिल्ली क्यापिटल्सले चौंथो जित निकालेको हो।

उक्त जितसँगै दिल्लीले ५ खेलमा ८ अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ। हैदरावादको ५ खेलमा २ अंक छ ।

दिल्ली क्यापिटल्सले दिएको १ सय ६० रनको लक्ष्यसहित ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन जोडेपछि खेल सुपर ओभरमा गयो। 


 

प्रकाशित मिति: : 2021-04-26 06:26:00

प्रतिकृया दिनुहोस्