दाइको हत्याको आरोपमा अभिनेत्री काटवे पक्राउ  

भारतीय फिल्मकी अभिनेत्री शनाया काटवेलाई आफ्नै दाइको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ। 

उनको दाई राकेशको शव शहरको विभिन्न स्थानका सडकमा टुक्रा–टुक्रा पारेर फ्याकेको अवस्थामा प्रहरीले फेला पारेको थियो। 

राकेशको काटिएको टाउको देवरागुडीहलको जगंलमा र शरीरको बाँकी भागहरुको टुक्रा हुबली भन्ने स्थानको फरक–फरक स्थान र गदग रोडबाट बरामद भएको इन्डियन एक्सप्रेसले जनाएको छ। 

अनुसन्धानको क्रममा प्रहरीले चार आरोपीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नियाज अहमद काटीगार, तौसीफ छन्नापुर, अल्ताफ मुल्ला र अमन गिरानीवाले रहेका छन्।

शनायाले यस्तो गर्नुको पछाडी प्रेमसम्बन्ध कारण रहेका बताइन्छ। उनी र नियाज एकअर्कालाई माया गर्छन् तर, राकेश यो सम्बन्धलाई अस्वीकार गर्दै आएका थिए।  

प्रकाशित मिति: : 2021-04-27 14:53:00

प्रतिकृया दिनुहोस्