पछिल्लो २४ घण्टामा नेपालमा ४५ सयभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजाेन दुवै विधिबाट गरिएको परीक्षणमा ४ हजार ५ सय २४ जनामा काेराेना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ। एन्टिजाेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ।