काठमाडौं उपत्यकामा मात्रै १९ सयमा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १९ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजोन दुवै विधिबाट गरिएको परीक्षणमा काठमाडौंमा १ हजार ६ सय २, ललितपुरमा २ सय ४० र भक्तपुरमा १२४ जना गरी १ हजार ९ सय ६६ जनामा कोरोना पुष्टि भएको हो। 

यस्तै, मन्त्रालयका अनुसार देशभर ४ हजार ५ सय २४ जनमा कोरोना पुष्टि भएको छ। पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ। एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ। 

यस्तै, बितेको २४ घण्टामा थप १८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-04-27 18:07:00

प्रतिकृया दिनुहोस्