सरकारले अतिआवश्यक बस्तु तथा सेवाको आपूर्तिको लागि ‘र्यापिड रेस्पोन्स’ टिम बनाएको छ।
कोरोना महामारीको संक्रमणलाई थप फैलन नदिन बिहीबारदेखि काठमाडौं उपत्यकामा १५ दिनसम्म निषेधाज्ञा आदेश जारी भएको छ।
निषेधाज्ञाको समयमा पनि अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सूचारु गर्न उद्योग, वाणिज्य स्था आपूर्ति मन्त्रालयले सरोकारवाल अधिकारीहरू समेत रहेको उच्चस्तरीय र्यापिड रेन्सपोन्स टिम बनाएको हो।
निषेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य बस्तुहरू लगायतको ढुवानी र आपूर्तिमा सहजिकरण गर्न टिमले सहयोग गर्ने मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद रेग्मीले जानकारी दिए।
वस्तु तथा सेवाको उत्पादन, वितरण तथा आपूर्ति प्रणालीमा केही समस्या भए देहाय बमोजिमका व्यक्तिहरूलाई सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।
१. आपूर्ति व्यवस्थापनको हकमा - प्रेमकुमार श्रेष्ठ :
९८४१५२६४४१
२.स्थानीय प्रशासनको सहयोग तथा आवगमन सहजताको हकमा - जनकराज दाहाल ९८५११४०००३
३. कृषिजन्य तथा पशुजन्य सामग्रीको आपूर्तिको विषयमा - डा. श्रीराम घिमिरे :
९८५११५१३४७
४. उत्पादनशील उद्योगको हकमा - नारायण प्रसाद दुवाडी :
९८५१२२२०३३
५.वैदेशिक व्यापारको हकमा - नारायण प्रसाद रेग्मी
९८५१२७४६७४