समाजिक सञ्जालबाट टाढा बनिन् फातिमा 

बलिउड अभिनेत्री फातिमा सना शेखले समाजिक सञ्जालबाट टाढा हुने घोषणा गरेकी छन्। 

फातिमाले सामाजिक सञ्जालमा अन्तिम पोष्ट गर्दै आफूले सामाजिक सञ्जालबाट टाढा भएको जनाएकी हुन्।

त्यसो त पछिल्लो समय बलिउडमा थुप्रै कलाकारहरुले सामाजिक सञ्जालबाट टाढा भएको घोषणा गर्दै आएका छन्। 

केही दिन अघि आमिर खान र अभिनेत्री वरीना हुसेनले पनि सामाजिक सञ्जालबाट टाढा भएको जानकारी गराएका थिए। 

फातिमाले इन्स्टाग्रामसमेत सामाजिक सञ्जालबाट ब्रेक लिएको बताएकी छन्। 

प्रकाशित मिति: : 2021-04-28 15:04:00

प्रतिकृया दिनुहोस्