कोभिड खोपः सुई लगाएपछि पाखुरा र टाउको दुख्ने सामान्य समस्या धेरै जनामा

बिबिसी

काठमाडौं

कोभिड-१९ विरुद्ध खोप लिएका धेरै मानिसमा सुई लगाएको ठाउँमा दुख्ने गरेको पाइएको यूकेमा गरिएको एउटा अध्ययनले देखाएको छ।

चारमध्ये झन्डै एक जनामा ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने र थकान हुने समस्या देखियो।

तर त्यस्ता समस्याहरू औसतमा एक दिन मात्र कायम रहे।

जेडओई कोभिड सिम्प्टम स्टडी एपमा संलग्न अनुसन्धानकर्ताहरूले खोप लिने मानिसमा क्लिनिकल परीक्षणका बेलाभन्दा कम दुष्प्रभाव देखा परेको विवरण सङ्कलन गरेका छन्।

प्रकाशित मिति: : 2021-04-29 09:50:00

प्रतिकृया दिनुहोस्