निषेधाज्ञामा पनि बुद्ध एयरको संक्रमणरहित सेवा

Photo : Buddha Air
Photo : Buddha Air

संक्रमणरहित तरिकाले निषेधाज्ञाको समयमा पनि बुद्ध एयरले आफ्ना सेवाहरु सञ्चालनमा ल्याइरहेको छ।

निषेधाज्ञाको आज पहिलो दिन सहज, सरल र संक्रमणरहित तरिकाले उडानहरु सञ्चालन भइरहेका छन्।विमानस्थल आवतजावतको लागि सवारीसाधनलाई पनि सुविधा दिइएको छ। तर यात्रुहरुले अनिवार्य रुपमा हवाई टिकट भने देखाउनुपर्नेछ।

प्रत्येक यात्रुहरुको तापक्रम लिएर सामाजिक दुरीको मापदण्डमा उडान भइरहेको बुद्ध एयरले जनाएको छ। 

बुद्ध एयरले सामाजिक सञ्जालमार्फत सबैको स्वास्थ्यको कामना गर्दै लेखेको छ,' हाम्रा उडानहरु संक्रमणरहित छन्। हरेक यात्रुको तापक्रम मापन, फ्लाइट चेक-इन काउण्टरमा सामाजिक दुरीको पालना, वेटिङ लाउन्जमा उचित दुरीमा बस्ने सिटको व्यवस्था, बोर्डिङपूर्व यात्रुहरुको ह्याण्ड सेनिटाइजेशन र फेशशिल्ड वितरण गरेका छौ।'

प्रकाशित मिति: : 2021-04-29 14:46:00

प्रतिकृया दिनुहोस्