पछिल्लो समयमा बलिउडमा लोकप्रिय अभिनेत्री हुन्, मौनी रोय।
टेलीचलचित्र 'नागिन' बाट बलिउडमा प्रवेश गरेकी मौनी एक कुशल डान्सर पनि हुन्।
२८ सेप्टेम्बर १९८५ मा जन्मिएकी मौनीको जन्म पश्चिम बंगालमा भएको थियो। 'मास कम्युनिकेशन'मा ग्राएजुशन गरेकी मौनीको लागि अभिनय रहरको विषय हो। उनले विभिन्न अन्तर्वार्तामा आफू रहरले यस क्षेत्रमा लागेको बताउँदै आएकी छन्।
त्यसो त उनले थुप्रै टेलीचलचित्र, रियालिटी शोमा समेत काम गरिसकेकी छन्। तर उनी 'नागिन' बाट नोटिस भएकी थिइन्।
उनले 'रन', 'तुमबिन', 'गोल्ड' चलचित्रमा काम गरिन्। जसमा उनको सुन्दरता र अभिनयको खुलेरै प्रशंसा भयो।
पछिल्लो समय उनलाई लिएर चलचित्र निर्माण गर्ने निर्माताहरुको लाइननै लाग्ने गरेको छ।
मौनीले अभिनेता अक्षय कुमार, जोन अब्रहाम, राजकुमार राओसँग पनि स्क्रिन शेयर गरिसककी छन्। 'लङ कन्फिडेन्शल' उनको पछिल्लो चलचित्र हो।