अभिनेत्री साम्राज्ञी आरएल शाहले अनलाइन व्यवसाय शुरु गरेकी छन्।
कोरोनापछि अनलाइन सपिङप्रति बढेको आकर्षणलाई मध्यनजर गर्दै उनले सो व्यवसाय शुरु गरेकी हुन्।
राम्रो ‘ड्रेस सेन्स’ भएकी अभिनेत्रीको रुपमा चिनिने साम्राज्ञीले अनलाइन क्लोथिङ स्टोर सञ्चालन गरेकी हुन्। ‘प्याप’ (प्याप्ड) नाममा खोलिएको अनलाइन स्टोरमा नेपालमै तयार गरिएका महिलाले लगाउने पहिरन पाइने बताइएको छ।
साम्राज्ञीले दिनहुँ जसो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् ‘प्याप’ स्टोरमा उपलब्ध पहिरनमा फोटोसुट गरेका तस्विरहरु सार्वजनिक गर्दै आएकी छन्।
उनले लकडाउनको समयमा निर्देशक द्वय प्रवेश पौडेल र मिलन चाम्सको फिल्म पनि साइन गरेकी थिइन् तर कोरोनाको दोस्रो लहर शुरु भएका कारण फिल्मको छायांकन हुन् सकेको छैन्।