पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको आज शल्यक्रिया गरिने भएको छ।
पेटमा रहेको न्यूरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गर्ने तयारी रहेको उनका प्रेस सल्लाहकार विश्वदीप पााण्डेले बताएका छन्।
काठमाडौंस्थित वीर अस्पतालमा डा.सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको शल्यक्रिय गर्न लागेको हो। भट्टराई बिहीबार नै अस्पताल भर्ना भएका थिए।
यस्तै, भट्टराईले केही साता आफू सार्वजनिक जीवनबाट टाढा रहने सामाजिक संजाल मार्फत बताएका छन्।