कोरोना सङ्क्रमणबाट गर्भवतीको मृत्यु

कोरोना सङ्क्रमणका कारण यहाँ एक  गर्भवतीको मृत्यु भएको छ। उनको स्वास्थ्य सेवा कार्यालय दैलेखमा आज मृत्यु भएको हो।

मृत्यु हुनेमा नारायण नगरपालिका–६ की २७ वर्षीया १० महिनाका गर्भवती रहेको स्वास्थ्य सेवा कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए।

बिरामी परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएकामा जाँच गर्दा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए।

मृत्यु हुने महिला १० महिनाकी गर्भवती रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख  रेग्मीले जानकारी दिए।रासस

प्रकाशित मिति: : 2021-04-30 18:04:00

प्रतिकृया दिनुहोस्