हिमाल सफा गर्ने क्रममा हेलिकप्टर र दुई मानव अवशेष फेला

Photo - setopati.com
Photo - setopati.com

हिमाल सफा गर्ने क्रममा दुईवटा शव र हेलिकप्टरको अवशेष फेला परेको छ।

सफा हिमाल अभियानअन्तर्गत बुधबार धवलागिरि आधार शिविरदेखि २०० मिटर दक्षिणतर्फ हिमाल आरोहणका लागि प्रयोग हुने उपकरणसहित दुई मानव अवशेष फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सोही आधार शिविरबाट एक किमीको दूरीमा रहेको इटाली आधार शिविर नजिक नाइनएन–एसीआर लेखेको हेलिकप्टरको टुुक्रा फेला परेको जानकारी दिइएको छ।

मृतकको पहिचान नखुलेकाले छानविन भइरहेको तथा हेलिकप्टर भने एयर डायनेष्टिकको सन् २००६ मा दुर्घटना भएको अवशेष रहेको प्रारम्भिक जानकारी प्राप्त भएको सेनाले जनाएको छ।

ती मानव अवशेष व्यवस्थापन सम्बन्धमा सम्बन्धित निकायसँग समन्वयको प्रक्रिया शुरु गरिएको जानकारी दिइएको छ।

सगरमाथासहित छ हिमाल सफाइ गर्ने उद्देश्यका साथ सञ्चालित उक्त अभियानमा खटिएको टोलीले स्थानीय सरकार, सम्बद्ध सङ्घसंस्था एवं स्थानीयवासीसँग आवश्यक समन्वय तथा सहकार्य गरी फोहर सङ्कलन गरिरहेको छ।

यही वैशाख १२ गतेदेखि शुरू गरिएकामा आजसम्म आइपुग्दा सड्ने/कुहिने ३५५ किलो र नसड्ने चार हजार ७९९ किलो फोहर सङ्कलन गरिएको सेनाले जनाएको छ।रासस

प्रकाशित मिति: : 2021-04-30 19:11:00

प्रतिकृया दिनुहोस्