पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई स्वास प्रश्वासमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको छ।
खनालकाे कोराेना परीक्षण त गरिएको छैन तर स्वास फेर्न असहज भएका कारण उनलाई कोरोना संक्रमण भएको परिवारको छ। खनालका स्वकीय सचिव कृष्ण भट्टराईले खनाललाई नर्भिक अस्पताल लगिएको पुष्टि गरे।
खनालको सचिवालयले पनि खनाललाई कोरोना सङ्क्रमण भएको पुष्टि गरेको छ।
'नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यू लाई कोभिड १९ को सामान्य लक्षण देखा परेको कारण नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा भर्ना हुनुभएको छ र वँहाको स्वास्थ्य अवस्था सामान्य रहेको सवैमा जानकारी गराउँदछौं', खनालको सचिवालयले सामाजिक सञ्जालमार्फत भनेको छ।
खनाल केही समयअघि मात्र नयाँदिल्लीमा उपचार गराएर फर्किएका थिए । उनीको स्वास्थ्य अवस्था अझै राम्रो भइसकेकाे थिएन।