गैरआवासीय नेपाली संघका अध्यक्ष पन्तलाई कोरोना संक्रमण   

गैरआवासीय नेपाली संघका अध्यक्ष तथा’कोभिड १९’ उच्चस्तरिय समितिका संयोजक कुमार पन्तलाई कोरोना संक्रमण भएको छ।

संघको सक्रियतामा निर्माण भएकोगोर्खास्थित एनआरएनए नमुना बस्ती हस्तान्तर, नेपालमा १० अर्ब लगानी लगायतको परियोजनालाई मूर्तरुप दिन विगत केही सातादेखि नेपाल भ्रमणमा रहेका पन्तलाई आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

कोरोना भाइरस (कोभिड–१९) को लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा ‘पोजेटिभ रिपोर्ट’ आएको हो। पन्तलाई कोरोना संक्रमण पछि अक्सिजन कमिर ज्वरो बढेको थियो। उनी अहिले होमआईसोलेसनमा छन्।

प्रकाशित मिति: : 2021-05-03 16:25:00

प्रतिकृया दिनुहोस्